Header Ads

धेरै दिनपछि तिमी याद आयौ


समय यस्तो चिज हो जो कसैको अधिनमा रहदैँन। यसको महिमा बुझेर जीवन अघि बडाएमा, जीवन सहज रुपमा अघि बढ्नेछ। यी कुराहरूलाई समेटी केही भावना अभिव्यक्त गरेको छु।  जुन यस प्रकारको रहेको छ:


धेरै+दिनपछि+तिमी+याद+आयौ+remembering+someone+Poem+nepali

धेरै दिनपछि तिमी याद आयौ
    बिछोडका पलहरू साथ लिइ आयौ

समयको गतिसँगै तिमीलाई भुल्न गारो भयो
जति भुल्न खोजेँ तिमीलाई माया झन् गाडा भयो
अतितका ती मीठा पललाई ताजा बनाइ गयौ
सुख मेरा सबै लिइ दुःख छाडी गयौ

धेरै दिनपछि तिमी याद आयौ
बिछोडका पलहरू साथ लिइ आयौ

चोखो माया तिमी मलाई दिन्छु है भन्थ्यौ
मीठा मीठा सपनाको सँसारमा साथ लिइ जान्थ्यौ
आज मेरा सपनाहरू हिउँ झै पग्लिए
तिम्रो माया मेरो लागि पानी सरी रितिए

धेरै दिनपछि तिमी याद आयौ
बिछोडका पलहरू साथ लिइ आयौ

जीवनको यो लामो यात्रा आज एक्लै हिँडिरहेछु
गन्तव्मा पुग्न यी पाइला अघि लम्काइरहेछु
जिन्दगीको यो लामो यात्रामा सहयात्री साथ रहेन
लामो समय पश्चात उदाएको आशाकको किरण रहेन

धेरै दिनपछि तिमी याद आयौ
बिछोडका पलहरू साथ लिइ आयौ

                                                                                  - " निशचल " प्रेम


संयमताकाे साथ पढिदिनु भएकोमा याहाँहरू प्रति आभार प्रकट गर्दछु। कस्तो लाग्यो याहाँहरुलाई तलको कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया, सल्लाह सुझाब राखि मार्गनिर्देशन गरिदिनुहोला। 

मेरा केही थप सृजनाहरु:


आज फेरी त‌यो चरी                                      Wish You Well                 Whenever you Miss me



No comments

Powered by Blogger.