Saturday, January 20, 2018

त्यो झरिको दिन


 अषाढको महिना थियो, निरन्तर रूपमा झरि रहेको झरी रोकिने कुनै नाम लिइरहेको थिएन। एकनास रूखका पातमा बज्रिँदै भुइँमा झरिरहेको पानीलाई नियाल्दै रूखको हाँगामा बसिरहेको चरो घरी-घरी आकाशलाई नियाल्ने गर्थ्यो। "उफ् यो पानी कहिले रोकिन्छ?, बस्दा बस्दा खुट्टा भाँचिन लागिसक्यो" भन्दै एक्लै पागल जस्तै बरबराइरहेको थियो। उता झरी, भने आफ्नै हठमा अडिक रही बर्सिरहेकी थिइन।

tyo+jhariko+din+story+nischal+prem+kumar+birds+stories

   
                     यत्तिकैमा उसले अर्को हाँगामा केही आवाज सुन्यो, के को आवाज रहेछ भनेर जान्न आवाज आएको दिशामा नजर डुलायो। निथ्रुक्क भिजेकी एउटा चरी अर्को हाँगामा आइ बसेकी थिइ। एक्लै बस्दा बस्दा पागल  हुन लागेको चरो अनपेक्छित साथ पाउँदा भने भत्र-भित्रै गदगद थियो। पहिले त ऊ नदेखेझैँ गरेर आफ्नो ध्यान बर्सिरहेको पानीमा केन्द्रित गर्दै थियो। आफूले आफ्नो उपस्थिति नकार्न सकिन्छ तर अरूको उपस्थितिलाई कसरी नकार्न सकिन्छ र?? आँखा चोरेर ऊ त्यो चरीलाई नियाल्न थाल्यो जो उसको उपस्थितिको पूर्णरुपमा सजक थिइन्। निथ्रुक्क रुझेकी उनी आफूलाई न्यानो बनाउन विभिन्न क्रियाकलाप गर्दैथिइन्। कहिले पखेटा फिजाउँथिन, कहिले आफ्नो जीउ जोडले हल्लाएर पानीबाट छुट्कारा पाउने कोसिसमा थिइन्। घरी-घरी आफ्नो मुखले जीउमा ठुङ्गे झैँ गर्थिन्। यी सब क्रियाकलापहरू त्यो चरो एक टकले हेरिरहेथ्यो। त्यो चरीले नि ऊ भएको ठाउँतिर हेर्यो, यसरी दुईजानाको आँखा जुध्यो।

                         "कहिले  भिजेको चरी देखेको छैन र??" भन्ने भावको कर्के हेराइ देखेर, त्यो चरोलाई नि हिनताको आभास दिलायो। आफ्नो गल्तिको महसुस गर्दै मुन्टो निहुराइ ऊ अर्को दिशातर्फ फर्कियो। त्यही बीचमा उसले त्यो चरीलाई नजिकबाट नियालेको थियो। निथ्रुक्क रुझेकी उनी आफूलाई न्यानो बनाउन गरिरहेको क्रियाकलपले उसलाई आकार्षित गरेको थियो। अनायसै जुधेको ती आँखाको सुन्दरतामा ऊ कता-कता डुबिसकेको थियो। त्यो कर्के हेराइमा पनि ऊ आफ्नोपनको आभास पाइरहेको थियो।

यसो हरेको मात्र त हो नि, त्यो चरीको कर्के हेराइले उसले कुनियत राखि त्यो चरीको अस्मितामा नै आँखा लाएझैँ भान गरायो। यो सब सम्झेर मनमनै हँस्यो, जसको एक खित्का उस्को मुखबाट नि फुस्कियो। उसको यो व्यवहार त्यो चरीले देखिन्। त्यो चरीतर्फ के हेरेको मात्र थियो, ऊ त्याहाँबाट भुर्रर उडेर गइन्। चरोलाई अचम्म लाग्यो। यी सब घट्नाक्रमको बीचमा निरन्तर झरी रहेकी झरीले विश्राम लिएकी रहेछिन्। चरीलाई नियाल्न व्यस्त रहेको उसले थाहापत्तो पाएन छ, जब यो महसुस भयो उसलाई ऊ नमुस्कुराइ रहन सकेन।

 ऊ पनि त्यो रुखबाट उड्यो र आफ्नो घरतर्फ लाग्यो। झरी पश्चातको त्यो जङ्गल मनमोहक बनेको थियो। त्यो निरन्तर वर्षाले वातवरणमा अर्कै रौनक ल्याएको थियो। सूर्य आजको नित्य कर्म सकेर विदाइ हुन लागेको थियो, त्यो  क्षण हेर्नु उसको दिनचर्या नै थियो। यी मनमोहक दृश्यमा रमाउने मन भने आज कतै हराएको थियो। मानसपटलमा हर घडि त्यही चरीको आकृति नाचिरहेको थियो।

                                                                                                                       - " निशचल " प्रेम





आज फेरी त‌यो चरी                                      Wish You Well                 Whenever you Miss me



Sunday, December 24, 2017

Never compare yourself to others everybody have their own speciality

                          We often get frustrated when we fail to achieve something which was our goal to achieve and had done everything from our side to succeed. After failing to achieve the predetermined goal all we do is compare ourselves to that person who succeeded ahead of us. We all wonder, "Why our friend has best grades than me, though we study same duration of time, with the same teacher in the same class?"

If you are employed somewhere when your colleague succeeds you too will think "How he/she does that? you labor hard on your work, you commit yourself more and dedicate to be one of the best employee, but still you fail to be the success you have dreamed of. Ultimately you will start loosing faith in yourself, your confidence will be shaken because you start comparing yourself to others

don't+compare+yourself+to+others+motivational+story+prem+kumar+shrestha


I found this story and like to share with you friends. Which will help you to understand your true value.



                   One day I decided to quit. I quit my job, my relationship, my spirituality. I wanted to quit my life and went to the woods to have one last talk with the God,

"God", I asked, "Can you give me one good reason not to quit?"
His answer surprised me
"Look around", He said.
"Do you see the fern and the bamboo?" " Yes", I replied.

"When I planted the fern and the bamboo seeds, I took very good care of them. I gave them light. I gave them water, The fern quickly grew from the earth. Its brilliant green covered the floor. Yet nothing came  from the bamboo seed. But I did not quit on the bamboo. In the second year the fern grew more vibrant and plentiful. And again, nothing came from the bamboo seed. But I did not quit on the bamboo. He said. "In year three there was still nothing from the bamboo seed. But I would not quit. In  fourth year, again there was nothing from the bamboo seed. I would not quit." he said.

Then in the fifth year a tiny sprout emerged from the earth. Compared to the fern it was seemingly small and insignificant. But just 6 months later the bamboo rose to over 100 feet tall. It had spent five years growing roots. Those roots made it strong and gave it what it needed to survive. I would not give any of my creations a challenge it would not survive.

He asked me. "Did you know my child, that all this time you have been struggling, you have actually been growing roots.
"I would not  quit on the bamboo. I will never quit on you."
"Don't compare yourself to others". He said, "The bamboo had a different purpose than the fern. Yet they both make the forest beautiful."

"Your time will come", God said to me. "You will rise high".
"How high should I rise?" I asked.
"How high will the bamboo rise?" He asked in return.
"As high as it can? I questioned". "Yes". He said, "Give me glory by raising as high as you can".
Then, I left the forest and returned back to my home.

I hope these words can help you see that God will never give up on you. Never, Never, Never ever Give up on yourself.

Don't tell God, how big the problem is; instead tell the problem how great God is and how he has always been in your rescue.

All of us want to succeed in what we are doing. We always watch for the person who has succeeded. But we never think what he/she had been  through to reach where he is at the moment. We all see the flying kite up in the sky. But we never realize what pressure(wind) it had to face to reach at that point. Success is never easy if it was, Every body would succeed easily. What story would you have to inspire others to reach at your success level?

So, Friends grow your roots, firm and strong in the ground. Build a base strong enough so that any external factors wouldn't have any effect on you and you would be in the path of success forever.

How was the post friends? Please do post in your reviews, suggestions, any comments in the comment box below. If You like it Please share it and spread the good vibes as well.
Thank You :)


Did you know that, We all have four wives in our life. Read this story on why we should always love our first wife ...


Thursday, December 21, 2017

धेरै दिनपछि तिमी याद आयौ


समय यस्तो चिज हो जो कसैको अधिनमा रहदैँन। यसको महिमा बुझेर जीवन अघि बडाएमा, जीवन सहज रुपमा अघि बढ्नेछ। यी कुराहरूलाई समेटी केही भावना अभिव्यक्त गरेको छु।  जुन यस प्रकारको रहेको छ:


धेरै+दिनपछि+तिमी+याद+आयौ+remembering+someone+Poem+nepali

धेरै दिनपछि तिमी याद आयौ
    बिछोडका पलहरू साथ लिइ आयौ

समयको गतिसँगै तिमीलाई भुल्न गारो भयो
जति भुल्न खोजेँ तिमीलाई माया झन् गाडा भयो
अतितका ती मीठा पललाई ताजा बनाइ गयौ
सुख मेरा सबै लिइ दुःख छाडी गयौ

धेरै दिनपछि तिमी याद आयौ
बिछोडका पलहरू साथ लिइ आयौ

चोखो माया तिमी मलाई दिन्छु है भन्थ्यौ
मीठा मीठा सपनाको सँसारमा साथ लिइ जान्थ्यौ
आज मेरा सपनाहरू हिउँ झै पग्लिए
तिम्रो माया मेरो लागि पानी सरी रितिए

धेरै दिनपछि तिमी याद आयौ
बिछोडका पलहरू साथ लिइ आयौ

जीवनको यो लामो यात्रा आज एक्लै हिँडिरहेछु
गन्तव्मा पुग्न यी पाइला अघि लम्काइरहेछु
जिन्दगीको यो लामो यात्रामा सहयात्री साथ रहेन
लामो समय पश्चात उदाएको आशाकको किरण रहेन

धेरै दिनपछि तिमी याद आयौ
बिछोडका पलहरू साथ लिइ आयौ

                                                                                  - " निशचल " प्रेम


संयमताकाे साथ पढिदिनु भएकोमा याहाँहरू प्रति आभार प्रकट गर्दछु। कस्तो लाग्यो याहाँहरुलाई तलको कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया, सल्लाह सुझाब राखि मार्गनिर्देशन गरिदिनुहोला। 

मेरा केही थप सृजनाहरु:


आज फेरी त‌यो चरी                                      Wish You Well                 Whenever you Miss me