Header Ads

Online Jobs In Nepal भनेको के हो??

Online jobs in Nepal भनेको के हो??


हामी सबैको जीवनमा अभिन्न आवश्यकता बनिसकेको छ इन्टरनेट। हुन त २१औँ शताब्दीमा कुनै काम काज इन्टरनेट बिना सम्भव छैन। सहुलियतता र सहजताको कारण हरेक घरघरमा इन्टरनेट जोडिन थालिएको छ। मोबाइल फोनको मार्फत सबै एक अर्कासँग जोडिएका छन्। प्रविधिको विकाससँगै द्रुत गतिको इन्टरनेट सेवा उपभोग गरीरहनुभएको धेरै साथीहरू हुनुहुन्छ।

दैनिक उपभोग सँगै इन्टरनेटमा घरमै बसेर केही पैसा कमाउन सकिन्छ भन्ने कुरा तपाइहरूलाई कतिको थाहा छ त?? Online Jobs in Nepal नाम दिएर यो ब्लग मार्फत केही अनलाइनबाट पैसा कमाउने तरिकाहरू तपाईहरूसँग बाड्न चाहान्छु। हो, अनलाइनबाट राम्रो कमाइ गर्न सकिन्छ र धेरैले राम्रो कमाइ नि गरिरहेका छन्।कोही यसलाइ पार्ट टाइम जबको रुपमा गर्छन् त कोही पूर्ण रूपमा यसैमा निर्भर भएर काम गरिरहेका छन।

Online+jobs+Nepal+inernet+work+from+home
Online Jobs In Nepal

"Online Jobs In Nepal" भनेको के हो त??

मेरो फेसबुक पेज "online jobs in Nepal"मा प्राय साथीहरूले मलाई जब दिनु न भनेर मेसेज गर्नेगर्नुहुन्छ। नेपालमा बेरोजगारीको समस्या मैले नि बुझेको छु। हामी इन्टरनेटसँग परिचित भइसकेका छौँ । 

हरेक घरमा एक कलेज या स्कूल जाने विध्धार्थी छन् जो आफ्नो आमा बुबामा पूर्ण निर्भर नभइ आफ्नो पकेट मनि आफै आर्जन गर्न चाहन्छ,  एक गृहिणी हुन्छिन् जो आफ्नो फुर्सदको समयमा केही आर्जन गरी आफ्नो स्रिमानको आड बन्न चाहान्छिन्। या त्यस्तो बेरोजगार होला जो केही मात्रा मै भए नि केही कमाउन चाहान्छ।

Online jobs भन्नाले तपाइलाई ८ घन्टाको काम दिने होइन, तर त्यस्तो काम नै नपाउनुहोला भन्ने पनि छैन। तर याहाँहरूलाई प्रस्तुत गरेको यो "online jobs in Nepal" को परिकल्पना चाहि फरक हो। अनलाइन मार्फत गरिने काम जसबाट केही पैसा कमाइने भएकोले online jobs भनिएको हो। शफूलाई पायत हुने समय, ठाउँबाट इन्टरनेटको सुविधा भए यी काम गर्न सकिन्छ।

अनलाइन पैसा कमाउने तरिकाहरू मेेरा विभिन्न पोष्टहरूमा बताइरहेको छु। समयसँगै यसलाइ परिमार्जन गर्दै प्रस्तुत गर्नेछु। धन्यवाद साथीहरू।
सल्लाह, सुझाव अनि प्रतिकियाहरू कमेन्ट बक्समा छोड्नुहोला।



1 comment:

Powered by Blogger.